काठमाडौं । नेपालभाषाको मनोरञ्जन क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को आउँदो जेठ ९ गते शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा ‘पिपल चोइस अवार्ड ११४६’ को नामांकन तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रममा पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६ मा दर्ता हुन आएका नेपाल भाषाको गीत–संगीत, म्युजिक भिडियो तथा फिल्म लाई नामांकन तथा प्रमाणपत्र वितरण गर्ने भएको छ।
पिपल चोइस अवार्डका निर्देशक दर्शन वीर शाक्य का अनुसार अवार्ड वितरण कार्यक्रम सम्भवतः यही जेठ महिनाको अन्तिम साता आयोजना गरिनेछ ।
