जनकपुरधाम – जनकपुरधाममा जेसिबीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका–१४ जनकपुर डिजल सेन्टरअगाडि तेल हालेर निस्किँदै गरेको जेसिबी र महेन्द्रनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको बिआर ३० एक्यु ०२५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक महोत्तरीका ६५ वर्षीय विपिनकुमार झाको मृत्यु भएको हो।
झालाई उपचारका लागि जनकपुरधामस्थित साई ट्रमा अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
फरार रहेकोका जेसिबी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
