इतिहास भन्छ ब्राजिलले विश्वकप जित्छ

भिनिसियस जुनियरले ब्राजिलियन फुटबल इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेका छन्। २४ वर्षपछि विश्वकपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने उनी पहिलो ब्राजिली खेलाडी हुन्। २५ वर्षीय फरवार्डले स्कटल्यान्डविरुद्ध ब्राजिलको ३–० को प्रभावशाली जितमा दुई गोल गर्दै यो कीर्तिमान कायम…

कैलालीको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट, एक सैनिकको मृत्यु

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिका- ३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा ग्रेनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का सैनिक गम्भीर घाइते भएका छन् । ब्यारेकभित्र तालिम चलिरहेका बेला एक्कासी ग्रेनेड विस्फोट भएको सैनिक स्रोतले जनाएको छ ।…

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर- जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको…

पाँचपल्टको विश्वविजेता अन्तिम ३२ मा

काठमाडौं। भिनिसियस जुनियरले दुई र माथेउस कुञ्हाले एक गोल थप्दा पाँच पटकको विश्वकप विजेता ब्राजिलले बुधबार स्कटल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। भिनिसियसले खेलको सातौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले पहिलो हाफको अन्त्य…

इरान युद्ध : ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग माग्यो ८७ अर्ब डलर

काठमाडौं। इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ…

भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

काठमाडौं। भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न भागमा व्यापक क्षति पुर्‍याएका छन् । राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ मानिस घरबाट बाहिर निस्कन बाध्य भएका…