धुलिखेल अस्पतालले नेपालको पहिलो बहुआयामिक पेल्भिक फ्लोर सेन्टरको उद्घाटन गरियो ।

धुलिखेल, २८ जुलाई २०२६ – धुलिखेल अस्पतालले नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टरको विधिवत उद्घाटन गरियो । यस पेल्भिक फ्लोर सेन्टरले पेल्भिक फ्लोर विकारहरूको व्यापक निदान, उपचार र पुनस्र्थापनाको लागि नेपालको पहिलो समर्पित बहुआयामिक केन्द्रको रुपमा काम गरिने छ ।

धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजु श्रेष्ठ; नेपाल सोसाइटी अफ अब्स्टेट्रिशियन्स एण्ड गाइनोकोलोजिस्ट (ल्भ्क्इन्) का अध्यक्ष प्रा. डा. पदम राज पन्त; विभिन्न अस्पतालका संकाय सदस्यहरू; र विशिष्ट आमन्त्रित अतिथिहरूको उपस्थितिमा अस्ट्रेलियाली स्त्री रोग विशेषज्ञ प्रो. डा. रेमन्ड पिटर होडसनले केन्द्रको आधिकारिक उद्घाटन गर्नुभयो । पेल्भिक फ्लोर विकारहरूले महिला र पुरुष दुवैमा पेल्भिक अंग प्रोल्याप्स, पिसाब र दिसाको असंयम, दीर्घकालीन पेल्भिक दुखाइ र यौन दुर्बलता सहित विभिन्न अवस्थाहरू समेट्छन् ।

अत्यधिक प्रचलित भए पनि, यी अवस्थाहरू प्रायः कम निदान र उपचार गर्नबाट बञ्चित रहन्छन्, जसले बिरामीहरूको जीवनको गुणस्तरलाई उल्लेखनीय रूपमा नकारात्मक असर गर्छ । धुलिखेल अस्पतालको युरोगाइनेकोलोजी विभागको नेतृत्व गर्दै आएका प्रा. डा. अञ्जना डंगोलका अनुसार, सीमित जनचेतना, विशेष सेवाको अभाव र अन्धविश्वासका कारणले नेपालका धेरै व्यक्तिहरूलाई समयमै चिकित्सा सेवाबाट बञ्चित भैररहेको छ ।

वहाँले जोड दिनु भयो कि पेल्भिक फ्लोर विकारहरू प्रायः पृथक अवस्थाको रूपमा व्यवस्थापन गरिन्छ, तर अधिकतम उपलब्धि तथा परिणामहरूको लागि बहुआयामिक दृष्टिकोण आवश्यक पर्दछ । नयाँ स्थापित पेल्भिक फ्लोर सेन्टरले युरोगाइनोकोलोजिस्ट, कोलोरेक्टल सर्जन, युरोलोजिस्ट, फिजियोथेरापिस्ट, विशेषज्ञ नर्सहरू र अन्य सम्बद्ध स्वास्थ्यकर्मीहरूको टोलीलाई एउटै छानामुनि ल्याउँछ जसले प्रमाण–आधारित, बिरामी–केन्द्रित सेवा प्रदान गर्दछ ।

पेल्भिक फ्लोर सेन्टरको स्थापनाले धुलिखेल अस्पतालको विशेष स्वास्थ्य सेवाहरू विस्तार गर्ने र महिला र पेल्भिक स्वास्थ्यमा पूरा नभएका आवश्यकताहरूलाई धुलिखेल अस्पतालले गर्दै आएको स्वास्थ्य सेवामा गर्दै आएको निरन्तर सेवालाई प्रतिबद्धतालाई गर्दछ । अस्पतालले देशभरका स्वास्थ्यकर्मीहरूबाट सिफारिस गरिएको विरामी तथा स्वास्थ्य सल्लाहको लागि स्वागत गर्दछ र पेल्भिक फ्लोर विकारका लक्षणहरू देखा परेको अवस्थामा उक्त व्यक्तिहरूलाई समयमै मूल्याङ्कन र उपयुक्त उपचारका लागि प्रोत्साहित गर्दछ ।