काठमाडौं, श्रावण १६ – असन सेवा समितिको छैटौं साधारण सभा शनिबार ठमेलस्थित सूर्य हेरिटेज होटेलमा सम्पन्न भएको छ। समितिका आजीवन सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समितिका आजीवन सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । वडाध्यक्ष भइसकेपछि असनको मुहार फेरिएको ,२७ वटामा विकासले फड्को मारेको ,स्थानीय भाषा, संस्कृति र जनहितका क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै असन सेवा समितिले गर्दै सम्मान पत्र दिएका थिए ।
त्यसैगरी वडा नं. १७ का अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर र प्रमुख अतिथि प्रकाश सायमीले पनि समितिको सामाजिक तथा सांस्कृतिक योगदानको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
साधारण सभाले आगामी कार्यकालका लागि चन्दन दास राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा चन्दन दास राजभण्डारी, उपाध्यक्षमा संजय काजी तुलाधर, सचिवमा ललित काजी तुलाधर, सहसचिवमा सिल रत्न तुलाधर, कोषाध्यक्षमा पुरुषोत्तम रत्न तुलाधर तथा सहकोषाध्यक्षमा बाल भक्त श्रेष्ठ चयन हुनुभएको छ।
सदस्यहरूमा बिदुर श्रेष्ठ, राजु श्रेष्ठ, मुकेश श्रेष्ठ तथा बिदेह तुलाधर चयन हुनुभएको छ। त्यसैगरी निवर्तमान अध्यक्षमा अरुण लाल श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा संस्थाको वार्षिक गतिविधि, भावी कार्ययोजना तथा संगठन सुदृढीकरणका विषयमा छलफल गरिएको थियो। लामो समयदेखि असन क्षेत्रमा जनहितकारी तथा सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको समितिले आगामी दिनमा पनि स्थानीय विकास, सम्पदा संरक्षण र समुदायको बृहत्तर हितमा समर्पित रहने प्रतिबद्धता जनाएको छ।
साधारण सभापछि सहभागीहरूका लागि रात्रीभोजको समेत आयोजना गरिएको थियो।
