शास्त्रीय संगीतकारहरुका संरक्षणका लागि स्थापना भएको ‘नेपाल शास्त्रीय संगीत समाज’ले एक बैठक बसी पूर्व कार्य समितिलाई धन्यवाद दिइने भएको छ । स्थापना कालदेखि नै यस संस्थाले शास्त्रीय संगीतलाई संरक्षण गर्दै आइरहेको छ । त्यसै गरी संगीतकारहरुलाई एउटै ठाउँमा ल्याउने प्रयास गर्दै आइरहेको छ । यही ने.सं. ११४४ चौलागाः तृतीया, शनिबार (बैशाख १५ गते) बसेको समाजको साधारण सभाले संगीता प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
उक्त कार्य समितिमा श्रीवत आले उपाध्यक्ष, गोकुल लिम्बु महासचिव, परशुराम पौड्याल कोषाध्यक्ष, तीर्थराज पोखरेल सहसचिव, जेनिसा पोखरेल सहकोषाध्यक्ष, त्यसै गरी सदस्यहरु कृष खरेल, श्री के.सी., हेमरत्न पुन, पार्वती घिमिरे, यतिराज अधिकारी, थानेश्वर गौतम, सुजाता बराल, नरेश प्रजापति, विष्णु व. विश्वकर्मा, विजय कुमार दर्लामी, कुन्दन पाण्डे, ईश्वर मघैया, प्रभा वर्तौला र गंगादेवी महर्जन चयन भएका छन् । यस अघिको कार्यकालमा वरिष्ठ संगीतज्ञ धन बहादुर गोपालीको नेतृत्वमा यस समाज कार्यरत रहेको थियो । वि.सं. २०५५ सालमा यस समाजको स्थापना भएको थियो ।
