उपाधिका लागि आज भारतसँग भिड्दै नेपाल ,प्रधानमन्त्री ओली फाइनल खेल हेर्न जाने

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदै छ । फाइनलमा नेपाल र भारत भिड्दै छन् । नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

नेपालले मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको थियो ।

यसअघि नेपालले समूह चरणमा भारतमाथि ३–२ को जित निकालेको थियो। सो जित नेपाली महिला भलिबलले भारतविरुद्ध हात पारेको पहिलो जित थियो। उक्त फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन्।