२७ वडामा सुरु भयो ‘सीपमूलक तालिम कार्यक्रम’

काठमाडौं महानगरपालिका २७ वडामा विभिन्न सिपमुलक तालिम सुरु भएको छ । २७ वडाको आर्थिक सहयोगमा विभिन्न सिपमुलक तालिम प्रदान गरिएको हो । सीप र ज्ञान बढाउन डिजाइन गरिएका विशेष पाठ्यक्रमहरू मा आधारित यी कार्यक्रमहरू एईई वा +2 पूरा गरेका, हाल आफ्नो स्नातक डिग्री पछ्याउँदै वा आफ्नो स्नातक डिग्री पूरा गरेका विद्यार्थीहरूका लागि यो तालिम तयार पारि सिपलाई आर्थिकोपार्जनमा जोड्नका लागी आर्थिक पक्ष समेत सबल हुनु आवश्यक रहेको वडा अध्यक्ष योगेश कुमार खड्गीले बताउनुभयो।

यस्ता कार्यक्रमबाट २७ वडा बसीलाई प्राप्त सिकाइ र सीपलाई संस्थागत गर्दै शैक्षिक गुणस्तरमा सुधार गर्ने यसको मुख्य लक्ष्य रहेको जानकारी अध्यक्ष योगेश कुमार खड्गीले दिनुभयो। खड्गीका अनुसार वर्तमान समयअनुकूलका दक्ष जनशक्ति उत्पादन गर्न काठमाडौं महानगरपालिकाले ११ औं नगर सभाबाट जीवन उपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ ।

उक्त सिपमुलक तालिम हरेक दिन साझ ६ बजे बाट दरबार स्कूल जमलमा हुदै छ।