काठमाडौं – प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो साँझ अन्दाजी ५ः३० बजे काठमाण्डौ महानगरपालिका वडा नं. २७ स्थित महाबौद्धमा अबैध हुण्डी कारोबार भएको सूचना आए संगै प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा तिब्बतीयन युवती वर्ष २६ की तिब्बत स्थायी वतन भई हाल सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्ध बस्ने रिक्शे वाङ्मो नाम रहेकी छन् ।
शंकास्पद गतिविधि गरी रहेको महिलालाई कानून बमोजिम रितपुर्वक खानतलासी गर्दा निजको साथबाट साथ बाट प्रहरीले नगद रु. २० लाख ९२ हजार रुपैयाँ र एक थान मोवाईल फेला परेको थियो ।
प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्द केहि दिन अघि मात्र जिल्ला प्रहरी कार्याालय झापा बाट प्रहरी वृत जनसेवामा सरुवा भई आएको थियो।
यस अघि झापामा चन्द अपराध अनुसन्धनमा अब्बल मानिन्छन् ।
प्रहरी संगठन भित्र स्वच्छ छवी र विषय विज्ञको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल प्रहरी नायव उपरीक्षक चन्दले झापाका रहदाँ उपराध न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वााह गरेका थिए ।अब प्रहरी वृत जनसेवामा अपराध अनुसन्धनमा खटिने र यो घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक चन्दले न्युज नेपा: जानकारी दिएका छन।
