काठमाडौंको न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको नौ लाख रुपैयाँसहित एक युवतीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्ने युवती गोरखा जिल्लाको पालुङटार नगरपालिका–१० की १९ वर्षीया करिना देवकोटा हुन्।
दिउँसो अन्दाजी १२ः३० बजे काठमाण्डौ वडा नं. २२ स्थित न्युरोड इलाकामा हुण्डीको अबैध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
शंकास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा उनको साथबाट नेपाली नगद ९लाख रुपैयाँ , ६ लाख रुपैयाँको चेक र मोवाईल १ थान फेला परेको प्रहरी नायव उपरीक्षक चन्दले बताए ।
शंकास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा उनको साथबाट नेपाली नगद ९लाख रुपैयाँ , ६ लाख रुपैयाँको चेक र मोवाईल १ थान फेला परेको प्रहरी नायव उपरीक्षक चन्दले बताए । यो संगै चन्दले दोस्रो पटक हुण्डीको अबैध कारोबारमा संम्लग्न गिरोह पत्ता लगाएको थियो।
