काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने स्पष्ट देखिएको बताएका छन्। उनले देशलाई शान्त र समृद्ध मुलुक बनाउने जागरूकता जनतामा पैदा भएको उल्लेख गर्दै आगामी वर्ष परिणाम आउने विश्वास थपिएको बताएका छन्। उनले गत चैत १५ गते भएको तीनकुने घटनाबारे दुख व्यक्त गर्दै नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै बाद वा तन्त्र नहुने पनि बताएका छन्।
उनले सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार रहेको उल्लेख गर्दै यही नै राजनीतिको मूल धार हुनुपर्ने पनि सन्देशमा भनेका छन्।
