काठमाण्डौ- काठमाण्डौको मखन गल्लिमा रहेको सुरज आर्केड पछाडी स्थानीय दयाराम श्रेष्ठको घरमा ग्यास लिक भएर आगलागी भएको छ ।
विहान ६ बजेर ५० मिनेटको समयमा श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लाबाट सुरु भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको छ । आगलागीमा परेर एक जनाको ज्यान गएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो । उहाँको परिचय खुल्न बाँकी छ ।
प्रहरी, श्री नम्बर १ विपद व्यवस्थापन गण सुन्दरी जल लगायत परिचालन गरि ६ वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भईरहेको छ ।
