सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९१ हजार ८ सय कायम थियो । उक्त दिन सुनको मूल्य १४ सयले बढेको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।