काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्।
बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष उनले राजीनामा बुझाएकी हुन्। उनी पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव सहज बनाउन असफल भएकी थिइन्।
ग्यास सहज बनाउन उद्योगीले असहयोग गर्दै भन्दै उनले बुधबार संसदीय समितिमा ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्त दिइएकी थिइन्। उक्त अभिव्यक्तिको ग्यास व्यवसायीसँगै नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको थियो।
साथै उनले कर्मचारीहरूले पनि आफूलाई सहयोग नगरेको भन्दै बैठकमा बोलेकी थिइन्।
यादवको अभिव्यक्तिलाई लिएर संघीय संसद्को दुवै सदनमा प्रश्नसमेत उठेको छ।
