रास्वपाका सांसदले पहिरिएको ‘निलो रिबन’माथि कांग्रेसले प्रश्न उठाएपछि संसद् बैठक स्थगित

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले पहिरिएको माथि कांग्रेसले उठायो प्रश्न उठाएको छ। कांग्रसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाउँदै संसदीय मर्यादअनुसारको पहिरन भयो वा भएन भनेर सभामुखलाई प्रश्नसमेत सोधेका थिए।

मंगलबारको संसद् बैठकमा रास्वपाका सांसदहरूले मानव बेचबिखनविरुद्ध प्रयोग गरिने निलो पहिरन निलो रिबन पहिरिए संसद्‌मा पुगेका थिए।

घिमिरेले प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले आजै बस्ने गरी ३० मिनेटका लागि संसद् बैठक स्थगित गरेका छन्।