मेयर साम्पाङ र उपमेयर बेघाका समर्थक एकअर्काविरुद्ध आक्रमणमा

मिति २०८२।०३।०३ गते १३;४५ बजेको समयमा जिल्ला सुनसरी धरान उप-मनपा – १२ चतरा लाइन स्थित स्थित धरान उपमहानगर भित्र रहेको मेयरको कार्यकक्षमा मेयर,उपमेयर र कर्मचारी बीच आगामी आ.व २०८२/०८३ को बैठक

बसेकोमा मेयरले श्रमदानमा भएको खर्चलाई पनि आ.ब को बजेटमा समावेश गर्ने पर्ने भन्दै उपमेयरलाइ दवाब दिए पश्चात् सो कुरा थाहा पाएपछि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर हर्कराज साम्पाङ राईलाई चौतर्फी विरोध गरेको र सो पश्चात् मेयर हर्कराज राई साम्पाङ निकट श्रमदाताहरू भेलाजम्मा भएको र उपमेयर अइन्द्र विक्रम बेघा

निकट (नेकपा माओवादी) पक्ष नेकपा माओवादी धरान १७ का वडा अध्यक्ष मनोज कुमार भट्टराईको नेतृत्वमा धरान नगर अध्यक्ष उद्धव लिम्ब सहित दुवै पक्षको अ.३००\३५० जना भेला जम्मा भइ नगरपालिकाको गेट अगाडि बसिराखेको,हाल मेयर ,उप मेयर बिच छलफल भैरहेको,उक्त स्थानमा इलाका प्रहरी कार्यालय धरानबाट प्रनाउ प्रकाश जवेगुको कमाण्डमा ४० जना र सप्रवेश धरानबाट प्रनाउ संजिव पौडेलको कमाण्डमा १३ जना खटिएको, हालको अवस्था सामान्य रहेको ।