दुबईबाट काठमाडौं आएकी महिला १ किलो बढी सुनसहित पक्राउ

पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंह रहेकी छन् ।

उनको साथबाट ११६० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । स्रोतका अनुसार उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

उनी एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएकी थिइन् ।

यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।