सामाजिक रीति स्थितिमा खलल पुर्याएकाे अभियोगमा कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले मुलुकी अपराध सहिंता , २०७४ काे दफा १६५ अनुसार नेवा: सम्प्रदायकाे सामाजिक रीति स्थितिमा असर पारेकाे, कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको मुद्दामा स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिजलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको थियो।
सिङ्ग मान नबिन ,पृथविन्दु महर्जनलगायतले दिएको उजुरीमा क्षितिजलाई मुलुकी अपराध संहिताको दफा १६५ बमोजिम फैसला गरेको थियो।
उनी जिल्ला अदालतबाट दोषी ठहर भएर जरिवाना गरिएपछि अपूर्व क्षितिज सिंहले उच्च अदालत पाटनमा पुनरावेदनकाे निवेदन दर्ता गरेका थिए तर आज उच्च अदालत पाटनले पनि काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाइ नै सदर गरि दिएको छ।
२०७९ कात्तिकमा अपूर्वविरुद्ध अदालतमा अभियोग पत्र दायर भएको थियो । त्यसअघि नेवा: समुदायका अगुवाको जाहेरीपछि अपूर्व पक्राउ परेका थिए । प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । उनलाई त्यतिबेला २ लाख ५० हजार धरौटीमा छोडिएको थियो ।
