मेयर बालेन शाह द्वारा अशोकचैत्य महाविहार- देवघर (क्चापाःछे) उ‌द्घाटन

काठमाडौँको आसन बाहालमा सोमबार अशोक चैत्य महाविहार देवघर (क्चापाःछे)को उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा मेयर बालेन शाह प्रमुख अतिथिमा भएको थियो ।

प्रमुख अतिथि शाहले पानसमा दिप प्रजोलन गर्दै अशोक चैत्य महाविहारको रिबन काटेर उद्घाटन गरे। असनबहाः मा अवस्थित सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक महत्वको अशोकचैत्य महाविहारको देवघर (क्वापाःछें) पुनःनिर्माण सम्पन्न भएको उपलक्ष्यमा विशेष उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो।

अशोक चैत्य महाविहार संरक्षण समितिका अध्यक्ष महेन्द्ररत्न शाक्यको सभापतित्वोमा भएको कार्येक्रममा निर्माण समितिका सयोजक राजेश शाक्यले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्येक्रममा असन बहालका जेष्ठ नागरिक आःजु द्रव्यरत्न शाक्य , बिशेस अथितिको रुपमा महानगरपालिकाको प्रवक्ता नबिन मानन्धर,बौद्ध विद्वान प्रा.डा. नरेशमान बज्राचार्य,सम्पदा विभाग प्रमुख कुमारी राई,वडा २७ या वडा अध्यक्ष योगेश खडगीको उपस्थित उद्घाटन समारोह भएको थियो।

महाविहारका सर्वसंघका सदस्य महिलाहरूले पनि प्रमुख अतिथि बालेन शाहलाई सुगुन प्रदान गर्दै समान पनि गरेको थियो ।