पशुपतिमा अराजक जत्था छिरेपछि सेनाले पार्‍यो तितरबितर

काठमाडौं । केही अराजक तत्वले पशुपतिनाथ मन्दिरको मूलद्वारमा आगजनी प्रयास गरेपछि नेपाली सेनालो स्थिति नियन्त्रणमा लिएको छ ।

मंगलबार साँझ अराजक समूहले पशुपतिमा आगो लगाउन खोजेपछि सेनाले भीडलाई तितरबितर पारेर नियन्त्रणमा लिएको हो ।

यसैबीच अवस्थालाई थप सहज बनाउन आजै राति १० बजेदेखि सेनाले नियन्त्रणमा लिने भएको छ । जसका लागि जनता र प्रदर्शनकारीलाई सहयोगका लागि अपिल समेत गरेको छ ।