नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५८.६३ अंकले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको हो ।
नेप्सेका अनुसार आज ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २३८ वटा कम्पनीको शेयरमूल्य बढ्दा १४ वटाको घटेको छ ।
अन्य दुइ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सप्तकोशी विकास बैंक र जोशी हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
प्रभु स्मार्ट फण्डको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस्तै आज नेपाल रिइन्स्योरेन्सको शेयर कारोबार सर्वाधिक भएको छ ।
