गायक तथा संगीतकार नरेनमान महर्जनको स्वर रहेको नेपाल भाषाको गीत “नानी मयजु तसकं बांलाः” सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त गीतमा नरेनमानलाई गायिका अगिना तण्डुकरले साथ दिएकी छिन्।
काठमाडौँ महानगरपालिकाको वडा १८ का वडा अध्यक्ष, गीतकार तथा कलाकार न्हुछे काजी महर्जन द्वारा लिखित उक्त गीतको भिडियोको परिकल्पना, पटकथा र निर्देशन गायक आफैंले गर्नुभएको हो।
म्युजिक भिडियोमा नुछे काजी महर्जन र आराध्यालक्ष्मी खड्गी मुख्य भूमिकामा छन् । म्युजिक भिडियोमा चर्चित गायिका सरस्वती मानन्धर, विष्णु महर्जन, अञ्जली महर्जन, शान्ता प्रजापति, सोनी महर्जन र लक्ष्मी महर्जनको पनि अभिनय रहेको छ ।
म्युजिक भिडियो विमोचन कार्यक्रम न्हुछे काजी महर्जनको अध्यक्षतामा भएको थियो। साथै वर्ल्ड नेवाः अर्गनाइजेशनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र नाकाहमी प्रमुख अतिथिमा भएको कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाइजेशनका नेपाल च्याप्टरका अध्यक्ष रमेश मुनिकर उपस्थित थिए।
