काठमाण्डौको टेकु दोभानमा युवतीको शव फेला

काठमाण्डौ – काठमाण्डौको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । काभ्रे घर भई अहिले काठमाण्डौ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनको शव हिजो फेला परेको हो । रितुको ज्यान जानुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।