गुल्मी- गुल्मीको तम्घास-सिमीचौर-राङ्बास-खज्र्याङ सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नतिको काम सुरु भएकाले आजदेखि कात्तिक २३ गतेसम्म यातायात पूर्ण रूपमा रोक्का गरिने सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ।
रेसुङ्गा नगरपालिका- १० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा स्तरोन्नतिको काम सुरु गरिएको हो। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।
कार्यालयका प्रमुख दीपक खड्काका अनुसार यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको हो। उनले निर्धारित अवधिभित्र काम सम्पन्न गरी सडक पुनः सञ्चालनमा ल्याइने बताए।
