दाङ । नेपालगन्जबाट सल्यानको अर्वारे जान लागेको यात्रुवाहक गाडी पल्टिँदा ३ जना घाइते भएका छन् ।
राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर ४ बाङ्गेलाखुरी सडक खण्डमा लुप्र०१–००१ख ०२४१ नम्बरको को फोर्स गाडी दुर्घटना हुँदा दार्मा गाउँपालिका– ५ बस्ने वर्ष ३३ को बुद्धिमान केसी, वर्ष ६१ की रत्न कुमारी वली र वर्ष ५० की टेक कुमारी वली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्लामै सामान्य उपचारपछि घर फर्किएका छन् ।
गाडी आज बिहान ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीले जानकारी दिए । गाडी सडक देखि ७ मिटर तल खसेको छ । गाडीमा १४ जना यात्रु सवार थिए ।
