कैलालीमा बसको ठक्करबाट जेष्ठ नागरिकको मृत्यु

धनगढी- कैलालीको तेघरीमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि बसले ठक्कर दिँदा जेष्ठ नागरिकको मृत्यु भएको छ ।

भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको तेघरी ब्यारेक गेट नजिकै ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिँदा ८० वर्षीया जेष्ठ नागरपकको मृत्यु भएको प्रहरीले जनाएको छ तर उनको पहिचान भने खुलेको छैन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार उनलाई दिपायलबाट धनगढी आउँदै गरेको बसले ठक्कर दिएको थियो ।