अब अनेरास्ववियु निजी क्यापस र विद्यालयमा पनि पस्छः ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अब निजी क्याम्पस र विद्यालयहरूमा पनि प्रवेश गर्ने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोरावस्थाबाट युवा अवस्थामा प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई विदेशी एजेन्सीहरुले बिगार्न नपाउने बताए।

उनले विदेशी एजेण्टद्वारा सञ्चालित क्याम्पस तथा विद्यालयहरुले विद्यार्थीको मनोवृत्ति बिगार्ने काम गरको आरोप पनि लगाए।

उनले भने, ‘अब प्राइभेट क्याम्पसहरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पस्छ। निजी विद्यालयहरुमा पस्छ। किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्न लागेका बालबालिकाहरुलाई बिगार्ने छुट कसैलाई पनि छैन। फिस तिरेर हामीले पढाउने, तपाईंहरु हाम्रा छोराछोरी बिगार्ने? अब यो हुँदैन। अब अनेरास्ववियु निजी क्यापस र विद्यालयमा पनि पस्छ।’