प्रतिक्रेट ५५ रूपैयाँले बढ्यो अण्डाको भाउ

बजारमा अण्डाको मूल्य बढेको छ। माग अुनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो।

गत आइतबारदेखि अण्डाको मूल्य प्रतिक्रेट ५५ रूपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।

अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ९०, ठूलो पाँच सय ५ र एक्सल अण्डा पाँच सय २० रूपैयाँ छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ३५, ठूलो चार सय ५० र एक्सल चार सय ६५ रूपैयाँ थियो।

यो किसानले पाउने मूल्य हो। उपभोक्ता मूल्य भने प्रतिगोटा २२  रूपैयाँ ५० पैसा पर्ने छ।

पोखरेलका अनुसार लागत मूल्य नउठ्दा एकातिर अण्डा उत्पादक किसान घटेका छन् भने, चिसोका कारण अहिले अण्डा उत्पादन हुन पनि सकेको छैन।

दसैं–तिहारपछि शैक्षिक संस्था खुलेकाले अण्डाको खपत बढाएको छ।