काठमाडौं । काठमाडौं गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेअफ संभावना अझ मजबुत बनाउँदै कर्णाली याक्समाथि ५ विकेटको उत्कृष्ट जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको एकमात्र खेलमा काठमाडौंले १४९ रनको लक्ष्य १७.६ ओभरमै पूरा गर्दै प्रभावशाली प्रदर्शन गरेको हो। यस पराजयसँगै कर्णाली याक्सको प्लेअफ यात्रा लगभग समाप्त जस्तै बनेको छ।
१४९ रनको लक्ष्य पछ्याउँदै काठमाडौंका ब्याट्सम्यानहरूले मजबुत खेल प्रदर्शन गरे। मध्यक्रमका गेरहार्ड इरासमस (४३, ३३ बल)८ र विकेटकिपर ८८जन सिम्पसन (४१, २१ बल)८८बीचको साझेदारी जितको आधार बन्यो। इरासमसले २ चौका र २ छक्का प्रहार गर्दै संयमी तर प्रभावशाली अविजित पारी खेले भने सिम्पसनले ४ चौका र २ छक्का प्रहार गर्दै तीव्र गति प्रदान गरे। ओपनर बेन चार्ल्सवर्थ ले २१ बलमा ३४ रन बनाउँदै टोलीलाई मजबुत सुरुआत दिलाएका थिए। अन्त्यतिर भिम सार्की ले २ बलमा ६ रन जोडे।
कर्णालीका बलरमध्ये नन्दन यादव उत्कृष्ट रहे, जसले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट निकाले। पवन सर्राफले १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। गुलशन झा ले २२ बलमा आक्रामक ४९ रन प्रहार गर्दै दमदार सुरुआत गरे — ६ चौका र ३ छक्कासहित मात्र एक रनले अर्धशतक चुकिए। पवन सर्राफले ३५ रन र मार्क वाटले ३० रन जोडे। तर ओपनरहरू प्रियङ्क पन्चाल र विलियम बोसिस्टो शुरुआती क्षणमै आउट हुँदा कर्णालीको पारी दबाबमा पर्यो।
काठमाडौंका बलरहरू प्रभावशाली रहे। राशिद खान ले २ विकेट लिए भने करण केसी, मिलिन्द कुमार र सन्तोष यादव ले समान १–१ विकेट लिए।
