राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्।
ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन्। राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, प्रशिक्षक हर्षल पटेल र क्यान अध्यक्ष चतुरबहादुर चन्द सहभागी गिए।
राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको बताए।
राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन लागेको महिला विश्वकप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिएका छन्।
विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुँदैछ। उक्त विश्वकपमा नेपाल पनि सहभागी हुनेछ । नेपालले तेस्रोपटक टी-२० विश्वकप खेल्दैछ।
