काठमाण्डाै – अफगानिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । क्रिकेट वेस्ट इन्डिजले ब्रान्डन किङ्गको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
तीव्र गतिका बलर शमर जोसेफ र ओपनर ब्याटर एभिन लुइस टोलीमा परेसँगै उनीहरू अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने तयारीमा छन् । नियमित कप्तान शाई होपसँगै रोस्टन चेस, अकिल होसेन र शेर्फेन रदरफोर्डले अहिले दक्षिण अफ्रिकाको टी–२० लिग खेलिरहेका कारण उनीहरू टोलीमा परेका छैनन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका क्वेन्टिन स्याम्पसन पहिलो पटक टोलीमा परेका छन् ।
वेस्ट इन्डिज र अफगानिस्तानबीचको टी–२० शृङ्खला यही जनवरी १९ देखि २२ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ ।
