काठमाडौँमा क्षेत्र नम्बर ७ बाट बसन्त मानन्धर चुनावी मैदानमा

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपाको तर्फबाट काठमाडौँमा क्षेत्र नम्बर ७ बाट बसन्त मानन्धर चुनावी मैदानमा उत्रेका छन्। मानन्धरले खुसिबू स्थित निर्वाचन कार्यालयमा पुगेर उमेदवारी दिएका थिए। नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा रहेको छ।

यसअघि बागमती प्रदेश सभा निर्वाचन क्षेत्र नं ७ (१) बाट २०७४ र २०७९ मा दुइ पटक विजयी भएका थिए। काठमाडौँ ७ मा काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५ नम्बर, नागार्जुन नगरपालिकाको १, २ र ३ र तारकेश्वर नगरपालिकाको ३, ४ र ५ नम्बर वडा रहेका छन्।

यस पाली नेपालको राजनीतिमा देखिएको जुन अस्थिरता र अन्यौलता सँगसँगै अराजकता व्यापक रुपमा पैदा भइराखेको छ। त्यो कुराको अन्त्यका निम्ति एउटा राजनीतिक प्रतिबद्धता सहित हामी संविधानको कार्यान्वयनको निम्ति जनहितको पक्षमा देश निर्माणको पक्षमा कानुन निर्माणको निम्ति म अहिले प्रतिनिधि सभाको निर्वाचनमा निम्ति प्रतिबद्धता बोकेर अहिले चुनावी मैदानमा लाग्दै गरेको जानकारी न्यूज नेपाः डट कम लाई जानकारी दिए।