कारेन शाक्यको नयाँ नेपालभाषाको म्यूजिक भिडियो चाडै बजारमा आउने

जापानमा बसोबास गर्दै आएका समाजसेवी एवम् व्यवसायी सुनिल कुमार शाक्यका सुपुत्री कारेन शाक्यको नयाँ नेपालभाषाको म्यूजिक भिडियो चाडै बजारमा आउने भएको छ।

बिदेशमा बस्ने नेपालीहरूले म्यूजिक भिडियो बनाउने कोशिश गरेको खण्डमा नयाँ पिडी लाई पनि हाम्रो भाषा ,कला संस्कृति र नेपाललाई चिनाउन सकिन्छ भने स्वचले फेरी कारेन शाक्य श्वरमा नयाँ नेपालभाषाको गीत निकाल्ने उद्देश्यले गत केहि साता नेपाल आएर दुर्गा लाल श्रेष्ठ द्वारा गीत लेखाउने गरेका थए।

कारेन शाक्यको अघिल्लो म्यूजिक भिडियो ‘समाःया सँया झा’ ले धेरै प्रशंसा पाएको थियो। सुनिल कुमार शाक्यका अनुसार, कारेन शाक्यको नेपालभाषाको गीतको डिजाइन र परिकल्पना वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यले गर्नुहुने बताएका छन्।

नेपालमा जीर्ण अवस्थामा रहेको संगीत क्षेत्रलाई केही मात्रामा भए पनि आर्थिक राहत पुग्ननुका साथै मातृभाषा जागरण ल्याउन येसरी म्यूजिक भिडियो निमार्ण गर्दै जाने कुरा पनि सामाजसेवी एवम् व्यवसायी सुनिल कुमार शाक्यले जानकारी दिनु भयो।