छुट्टाछुट्टै सवारी दुर्घटनामा एकै दिन १५ जनाको मृत्यु

काठमाडौँ – देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्कीमा सवारी दुर्घटना भएको छ।

त्यस्तै बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा परी पनि मानिसहरुको मृत्यु भएको छ।