नेपाल कम्यूनिष्ट पार्टी, एमालेले समानुपातिक तर्फका १६ सांसद चयन गरिएको छ । हिजो भएको एमाले केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजाति तर्फबाट भूमिका सुब्बा, गंगा देवी श्रेष्ठ, राम बहादुर थापा मगर, र कुल भक्त शाक्यलाई चयन गरिएको छ ।
उप महासचिव लेखराज भट्टका अनुसार खस आर्यबाट पद्मा अर्याल, टुकाभद्र हमाल, गुरुप्रसाद बराल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको हो । यसै गरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानीका साथै मधेसी समुदायबाट रिङ्ला यादव, यशाेधा कुमारी यादव र चन्द्रेश्वर मण्डल चयन हुनुभएको छ ।
मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ । बैठकले पाटी अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली दिवंगत भएकोमा शोक सन्तप्त परिवारलाई समावेदना ब्यक्त गरिएको छ ।
