अझै केही दिन मौसम प्रतिकुल रहने भएकाले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।
पहाडी भू-भागमा असिना र चट्याङसहितको वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा वा बाहिर निस्कँदा सतर्क रहनुहोला।
तराईका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।
काठमाण्डौमा दिउँसो पानी पर्न सक्ने भएकाले छाता साथमै राख्नु उपयुक्त हुनेछ।
प्रदूषण अझै पूर्ण रूपमा नहटेकाले स्वास्थ्यको ख्याल राख्दै सुरक्षित रहनुहोला।
