नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

सुनको मूल्य आज थप १०० रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

हिजो एकैदिन ४ हजार ८०० रुपैयाँले बढेर ३ लाख ९ हजार ४०० पुगेको सुनको भाउले आज पनि वृद्धिकै लय समातेको हो। सुनको भाउ बढ्दा चाँदी भने आज सस्तिएको छ।

हिजोको तुलनामा ५ रुपैयाँ गिरावट आएसँगै आज चाँदी प्रतितोला ५ हजार २६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ।