भाषासेवी तथा शिक्षाविद् नेपालभाषा क्षेत्रका अत्यन्तै सम्मानित व्यक्तित्व विष्णु चित्रकारलाई ‘हर्टअट्याक’ (हृदयाघात) भएको छ।
चित्रकार साथीहरूसँग मुस्ताङ भ्रमणमा जानुभएको थियो। आज सोमबार बिहान बसिरहेको होटलमै उहाँलाई अचानक हृदयाघात भएको हो।
जानकारी अनुसार, विष्णु चित्रकारकी श्रीमती विद्या चित्रकार पनि उहाँसँगै मुस्ताङ जानुभएको छ। हाल विष्णु चित्रकारलाई एम्बुलेन्समार्फत काठमाडौँ ल्याइँदै गरेको बुझिएको छ।
