वर्ल्ड नेवा: युएसएमा बासव राजोपाध्यायको नेतृत्व, नयाँ कार्यसमिति घोषणा

काठमाडौं — नेपाल संवत् ११४६ वछलाथ्वःको अवसर पारेर अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजित कार्यक्रममा वर्ल्ड नेवा:अर्गनाइजेसन युएसएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

गत अप्रिल २५ (शनिबार) सम्पन्न प्रथम नेवा सम्मेलनको अवसरमा आयोजित उक्त कार्यक्रममा बासव राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति २०२६–२०३० कार्यकालका लागि चयन गरिएको हो। निर्वाचन प्रक्रिया प्रमुख चुनाव आयुक्त रामलाल श्रेष्ठ (मेरिल्याण्ड) तथा सह–प्रमुखद्वय रेशा प्रधान (टेक्सस) र अनिभ मास्के (एरिजोना)को संयोजनमा सम्पन्न भएको थियो। सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा केशरमान ताम्राकार (इलिनोई) वरिष्ठ उपाध्यक्ष, सरोजदेवी प्रजापति (मेरिल्याण्ड) उपाध्यक्ष (पूर्वी क्षेत्र), रूबी लक्ष्मी श्रेष्ठ (वाशिंगटन) उपाध्यक्ष (पश्चिमी क्षेत्र), विजय बज्राचार्य (टेक्सस) उपाध्यक्ष (मध्य–पश्चिमी क्षेत्र), श्रुनुति सिंह (लुजियाना) महासचिव, युमेश श्रेष्ठ (टेक्सस) कोषाध्यक्ष र नीरिना श्रेष्ठ प्रधान (टेक्सस) सचिव चयन भएका छन्। त्यस्तै सदस्यहरूमा प्रशान्त मानन्धर (क्यालिफोर्निया), सूर्यलक्ष्मी सुवाल महर्जन (हवाई) र बुद्ध महर्जन (केन्टकी) रहेका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रमेश श्रेष्ठले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। आयोजकहरूले अघिल्लो कार्यसमितिको योगदानको प्रशंसा गर्दै आगामी दिनमा वर्ल्ड नेवा:अर्गनाइजेस र वर्ल्ड नेवा:अर्गनाइजेस युएसए बीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै सांस्कृतिक कार्यक्रम को संयोजक दीपिका श्रेष्ठ राजभण्डारीले गरेका थिए। कार्यक्रम को अन्त्य मा आधिकारिक नेवाः भ्वय् को आयोजना गरेको थियो।