डा. अन्जान शाक्य ले नयाँ म्युजिक भिडियो ‘तिमी छौ त त्यो याद पनि मिठो छ’ सार्वजनिक गरेकी छन्। राष्ट्रिय सभाकी सांसदको जिम्मेवारीसँगै उनले संगीत यात्रालाई पनि निरन्तरता दिएकी हुन्।गीतमा शब्दका लागि राजी किपू थियो भने संगीतका लागि हरि सायमीको रहेको छ ।
‘रोज’, ‘बहार’, ‘श्रद्धापुष्प’ र ‘अन्जानपथ’ जस्ता एल्बमार्फत परिचित बनेकी शाक्य झण्डै दुई दशकपछि पुनः सक्रिय रूपमा सांगीतिक क्षेत्रमा फर्किएकी छन्। इजरायलका लागि नेपाली राजदूतको कार्यकाल पूरा गरेपछि उनले संगीतलाई फेरि प्राथमिकतामा राख्दै लगातार नयाँ प्रस्तुति सार्वजनिक गरिरहेकी छन्।
नयाँ भिडियोमा बाल्यकालदेखि सुरु भएको निष्कलङ्क प्रेम समयसँगै परिपक्व बन्दै सफलतामा परिणत भएको कथा प्रस्तुत गरिएको छ।
