कक्रोच जनता पार्टीको एकाउन्ट भारतमा बन्द

भारतमा केही दिनअघि प्रधानन्यायाधीशले युवाहरूलाई प्रयोग गरेको ‘कक्रोच’ शब्दबाट बनेको कक्रोच जनता पार्टी (सीजेपी)को एक्स एकाउन्ट बन्द गरिएको छ। फाउन्डर अभिजीत दीपकेले आफ्नो सामाजिक सञ्जालमार्फत भारतमा एक्स एकाउन्ट बन्द गरिदिएको बताए।

१२ बजे अघिसम्म १ लाख ९३ हजार बढी फलोअर्स भएको एक्स एकाउन्ट भारतीय सत्ताधारी दल विजेपीले बन्द गरिदिएको चर्चा चलेको छ। सीजेपीको एक्स र इन्स्टाग्राम एकाउन्ट रहेको थियो। इन्स्टाग्राम एकाउन्ट भने एक्टिभ रहेको जनाइएको छ।

इन्स्टग्राममा ५ दिनमानै कक्रोच जनता पार्टीले विजेपीलाई पछि पारेको थियो। विजेपीको ८७ लाख फलोअर्स रहेका थिए। त्यस्तै, कंग्रेसको १ करोड ३३ लाख फलोअर्स रहेका छन्।

कक्रोच दलको भने १३.१ मिलियन १ करोड ३१ लाख फलोअर्स पुगिसकेका छन्। छोटो अवधिमै आँधी जसरी आएको सीजेपीको आगमनले भारतीय सत्ता पक्ष संसकित बनेको छ।