काठमाडौं। इशान पाण्डेको सानदार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो। यो मैदानमा नेपालले दिएको अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो।
यसअघि नेपालले २१ अप्रिल २०२३ मा लिग २ अन्तर्गत नै ओमानलाई ३११ रनको लक्ष्य दिएको थियो।
नेपालका इशानले सर्वाधिक ८४ रन बनाए। ८३ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे।
