सुन्नुभयो भएको छ ? उद्योगपति तथा व्यवसायी सौरभ ज्योतिको नेपाल भाषाको गीत “छ जि”

काठमाडौं — नेपालका प्रतिष्ठित उद्योगपति तथा व्यवसायीका रूपमा परिचित सौरभ ज्योति पछिल्लो समय संगीत क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउन सक्रिय देखिएका छन्। व्यापारिक सफलतासँगै सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने ज्योतिले संगीतमार्फत आफ्नो भावनालाई दर्शकमाझ प्रस्तुत गर्दै आएका छन्।
विशेषगरी कोभिड–१९ महामारीको कठिन समयमा उनले नेपाल भाषा (नेवारी) गीत “छ जि” सार्वजनिक गरेका थिए। प्रेमका विविध भावना समेटिएको उक्त गीतले आधुनिक संगीतको स्वादसँगै नेपाल भाषाको मौलिकतालाई नयाँ ढंगले प्रस्तुत गरेको थियो। गीतमार्फत उनले युवापुस्तालाई आफ्नो मातृभाषा र संस्कृतिप्रति आकर्षित गराउने प्रयास गरेका छन्।
गीतका शब्द स्वयं सौरभ ज्योतिले लेखेका हुन् भने स्वर पनि उनले नै दिएका छन्। संगीत निर्माण, कम्पोज तथा एरेन्जको काम संगीतकार जेम्स प्रधान ले गरेका हुन्। आधुनिक शैली र सांस्कृतिक भावनाको संयोजनले “छ जि” लाई विशेष बनाएको श्रोताहरू बताउँछन्।
व्यवसायिक व्यस्तताका बीच पनि कला र संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका ज्योतिले संगीतलाई आत्मअभिव्यक्तिको माध्यमका रूपमा लिएको बताउँछन्। उनका अनुसार मातृभाषा र स्थानीय संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ताको सहभागिता आवश्यक छ, र संगीत त्यसका लागि प्रभावकारी माध्यम बन्न सक्छ।
नेपाल भाषा गीतमार्फत सांस्कृतिक पहिचानलाई आधुनिक पुस्तासम्म पुर्याउने प्रयास गरेका सौरभ ज्योतिको यो सांगीतिक यात्रा धेरैका लागि प्रेरणादायी बनेको छ।

यस गीतलाई लिएर स्वर ज्योतिसँग गरेको कुराकानी तल लिङ्कमा

facebook.com/reel/2223410438461874/?s=single_unit