यता समूह ‘ए’ तर्फको समीकरण भने निकै रोचक र तनावपूर्ण मोडमा पुगेको छ, जहाँ नेपाल, भुटान र श्रीलंकाबीच अन्तिम चारका लागि तीव्र प्रतिस्पर्धा छ।
पहिलो खेलमा नेपालसँग १–० ले पराजित भएको भुटानले उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकालाई ४–० को भारी गोल अन्तरले पाखा लगाएर आफ्नो सेमिफाइनल सम्भावनालाई जिवितै राखेको छ।
अब सबैको नजर आइतबार हुने नेपाल र श्रीलंकाबीचको निर्णायक भिडन्तमा केन्द्रित भएको छ।
घरेलु मैदानमा उत्रिन लागेको नेपालका लागि सेमिफाइनल यात्रा तय गर्न श्रीलंकाविरुद्ध बराबरी मात्रै गरे पनि पुग्नेछ भने स्पष्ट जितले नेपाललाई समूह विजेता बनाउनेछ।
