विपक्षीलाई सरकारको जवाफ-अर्थमन्त्रीमाथि छानबिन समिति बन्दैन

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्नका लागि कुनै समिति नबन्ने प्रस्ट पारेका छन् ।

अर्थमन्त्रीले बजेटमा करको दर हेरफेर गरेको भन्दै विपक्षीले संसदीय छानबिन समितिको माग गर्दै आइरहेका छन् ।
तर, सरकारका प्रवक्ता समेत रहेका पोखरेलले अहिले कुनै समिति आवश्यक भएको आफूहरूले महसुस नगरेको बताए ।

उनले भने, ‘अर्थमन्त्रीले यसमा प्रस्ट बनाइसक्नुभएको छ। उठेका विषयहरूको उत्तर दिइसक्नुभएको छ। सदनमा पनि दिइसक्नुभएको छ, समितिमा पनि दिइसक्नुभएको छ । योभन्दा बाहिर आवश्यक त्यस्तो केही पनि अहिले आवश्यक हामीलाई महसुस भएको छैन ।’