नेपाल भाषाको हास्य–व्यंग्य टेलिशृंखला ‘ख्वत्ताबाजी’ ले पूरा गर्‍यो १,१०० औँ एपिसोड

काठमाडौं । नेपाल भाषाको लोकप्रिय हास्य–व्यंग्य टेलिशृंखला ‘ख्वत्ताबाजी’ ले १,१०० औँ एपिसोड पूरा गरेको अवसरमा विशेष उत्सवको साथ कार्यक्रम गर्दैछ।

इमेज च्यानलबाट प्रत्येक बुधबार राति ९:३० बजे प्रसारण हुँदै आएको यो शृंखला नेपाल भाषाका दर्शकमाझ लामो समयदेखि लोकप्रिय रहँदै आएको छ। शृंखलाले मनोरञ्जनसँगै हास्य, व्यंग्य र सामाजिक सन्देशलाई समेट्दै निरन्तर दर्शकको साथ पाउँदै आएको छ।

कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (SALICO) रहेको छ। नेपाल भाषाको टेलिभिजन इतिहासमा लामो समयदेखि निरन्तर प्रसारण हुँदै आएको ‘ख्वत्ताबाजी’ले १,१०० एपिसोड पूरा गर्नु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। कार्यक्रम आगामी आइतबार २४ गते हुने जानकारी ‘ख्वत्ताबाजी’ निर्देशक सुरेन्द्र तुलाधरले जानकारी दिए।