काठमाण्डौ – हिजो र अस्ति घटेको सुनचाँदीको भाउ आज बढेको छ ।
सुन आज तोलामा १ हजार ७०० रुपैयाँले बढेर तोलाको ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन अस्ति सोमबार र हिजो मंगलबार सुनचाँदीको भाउ घटेको थियो ।
सुन अस्ति तोलामा १ हजार २०० रुपैयाँ र हिजो ९०० रुपैयाँले घटेको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो ।
आइतबार सुन तोलाको ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज पनि चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
चाँदी हिजो तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
