नेपाल भाषा कमेडी म्युजिक भिडियो ‘ वा ग्वारा मै वा ’ सार्वजनिक ( भिडियो सहित )

नेपालभाषाको हास्य प्रधान गीत ‘वा ग्वारा मैं वा’ को म्यूजिक भिडियो सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छ । उक्त गीत पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले म्यूजिक भिडियोको लोकार्पण गरेका थिए । सुरेन्द्र मानन्धरको रचना र संगीत रहेको गीतमा सुरेन्द्रकै साथै सुरेश मानन्धर, सरस्वती मानन्धर र सविना मानन्धरले स्वर दिएका छन् । संगीत संयोजन भने जिवित जल्मीको रहेको छ ।

म्यूजिक भिडियोको छायाङ्कन अमन महर्जनले गरेका छन् भने दृश्य सम्पादन इन्द्र मानन्धरले गरेका छन् । मध्यपुर थिमितर्फको लोकेसनमा छायाङ्कन गरिएको म्यूजिक भिडियोको निर्देशन सुरेन्द्रले नै गरेका छन् । कलाकारहरुमा सुरेन्द्र मानन्धर ,  रेवन्त लाल श्रेष्ठ ,रविता वाके र मंजिला बाज्राचार्य रहेको छ । हाइलाइट्स नेवार युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।