काठमाडौं । नेपाल संवत् ११४७ न्हूदँ भिन्तुनाको अवसरमा काठमाडौंको परोपकार मार्गमा ‘परोपकार’ स्ट्रीट फेस्टिभल आयोजना हुने भएको छ।
XTREME Energy Drink को प्रस्तुतिमा तथा विभिन्न संस्थाको सहकार्यमा आयोजना हुने उक्त फेस्टिभल यही कात्तिक २८ गते शनिबार दिउँसो १ बजेदेखि सुरु हुनेछ।
फेस्टिभलमा लाइभ कन्सर्ट, विभिन्न परिकारका फुड स्टल तथा विविध सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ। कार्यक्रममा उज्जन शाक्य (Emerge), निवा डंगोल एन्ड द चभही दबू, प्रिजोल नेपाली तथा सर्गलगायतका कलाकार तथा सांगीतिक समूहको प्रस्तुति रहनेछ।
नेपाल संवत्को नयाँ वर्षलाई उत्सवमय बनाउँदै नेवारी कला, संस्कृति, संगीत तथा मौलिक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
