नेवा: गुठी न्युयोर्क अमेरिकाले “छैठों वर्ल्ड नेवा: डे” को शुभ -अवसरमा दिवा भोजको आयोजना गरि गुठीको “स्मारिका” को विमोचन गर्ने भएको छ। उक्त विमोचन कार्यक्रम यही चैत्र ११ गते मार्च 25, 2023 शनिबार आयोजना गर्दैछ । स्मारिकामा नेवा संस्कृति, साहित्य, सम्पदा, भाषा र सभ्यताका क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुका लेखहरु सहित नेवा गुठीको ऐतिहासिक परिवेश र गतिविधिहरु समावेश हुने छन् ।
नेवा: गुठी न्युयोर्क स्थापना भएको १६ वर्षपछि प्रथम पटक स्मारिका विमोचन हुन लागेको हो । “छैठों वर्ल्ड नेवा: डे” मा हाम्रो समुदायको लागि पनि एक शुभ दिन हो र हरेक वर्ष मनाइन्छ, विश्वभरिको नेवा:लाई एकताबद्ध गर्न र यसको सभ्यता भित्र रहेका जन चेतना बाहिर ल्याउन यसले ठुलो भूमिका खेल्ने जानकारी न्युज नेपा: लाई संस्थाका अध्यक्ष बिजय मान सिंहले जाकारी दिनु भयो । उक्त दिवा भोज र बिमोचन कार्यक्रम न्युयोर्क स्थित उडसाईदको धर्म हाउसमा बिहान १0:30 देखि सुरु भएर दिउसो 3:00 बजे सम्म हुने भएको छ ।
